हरिहरभवनस्थित राष्ट्रिय पुस्तकालय
अन्तर्गतको बाल शाखा । तस्बिर ज्ञान/नागरिक
|
ज्ञान न्यौपाने
काठमाडौं, चैत १
पुस्तकालय खुल्ने उपयुक्त समयको व्यवस्था नहुदा राजधानीका दुई सरकारी पुस्तकालय प्राय सुनसानै हुने गरेका छन् । देशमा छुट्टै बाल पुस्तकालयको व्यवस्था त छैन तर भएका दुइ बाल पुस्तकालय पनि शाखाका रुपमा रहेका छन् । पुस्तकालय खुल्ने समय र विद्यार्थीको पढ्ने समय एकै हुदाँ यस्तै अवस्था आएको बताउँछन्, पुस्तकालय कर्मचारीहरू ।
सरकारले बालबालिकाका निम्ति बेग्लै पुस्तकालय स्थापना नगरे पनि राष्ट्रिय र केशर पुस्तकालयले बाल शाखा सञ्चालन गर्दै आएका छन् । ०५२ सालमा एउटा कोठा छुटयाएर थालनी गरेको हरिहरभवनस्थित राष्ट्रिय पुस्तकालयमा ०५९ सालदेखि व्यवस्थित बाल पुस्तकालय चल्न थालेको छ । केसर पुस्तकालयमा भने चार वर्षअघि बाल पुस्तकालय सुरु भएको हो ।

यी दुवै पुस्तकालयमा बालबालिकाको उपस्थिति नहुने गरेपििन अन्य फाँटमा भने अध्ययन गर्नेहरूको आउजाउ राम्रै देखिन्छ । प्रायः परीक्षापछि, दसैंतिहार र जाडो बिदामा मात्र विद्यार्थीको भिड बढ्ने गरेको पुस्तकालयका कर्मचारी बताउँछन् । बालबालिकाको जिज्ञासा समाधान गर्ने अनेकौं पुस्तक भए पनि समय नमिल्दा र पुस्तकालयबारे जानकारीकै अभावमा उनीहरूले लाभ लिन नसकेको राष्ट्रिय पुस्तकालय बाल शाखाकी इन्चार्ज भागीरथी अधिकारी बताउँछिन् ।
सहरको एक छेउमा अवस्थित यो पुस्तकालयले राम्रो व्यवस्थापन नपाएकै कारण यसबाट फाइदा लिने बालबालिकासम्म पहुँच बनाउन नसकेको अधिकारी स्वीकार्छिन् ।
![]() | |
this is the print verson of Nagarik Daily publised chaitra 2. 2068 see:http://nagarikplus.nagariknews.com/component/flippingbook/book/898-nagarik-15-march-2012/2-nagarik.html |
‘बालबालिकाका निम्ति छुट्टै शाखा छ भन्ने जानकारी पनि पाउन मुस्किल हुने स्थानमा यसलाई राखिएको छ,’ उनी भन्छिन्, ‘कतिपय बालबालिका पुस्तकालय पस्नासाथ बाल पुस्तकालय पनि छ भनेर सोध्ने गर्छन् ।’ बालबालिकाकै निम्ति लेखिएका करिब ८ हजार पुस्तक तथा मनोरन्जनका सामग्री यहाँ राखिएका छन् ।
काठमाडौंको केन्द्रमै भए पनि केशर पुस्तकालय बाल शाखाको अवस्था पनि उस्तै छ, सरकारी बिदाको दिनबाहेक विद्यालय विदा हुँदा मात्र बालबालिका आउँछन् । पुस्तकालयमा बालबालिका लागि जिज्ञासु खाले, मनोरन्जनात्मक, विज्ञान, साहित्यलगायत सामाग्री रहेको केशर पुस्तकालय प्रमुख जानकी कर्मचार्य बताउँछिन् ।
यहाँको बालशाखा हेर्ने सुब्बा सरहको कर्मचारी नभएको पनि ६ महिना नाघिसक्यो तर अहिलेसम्म व्यवस्था भएको छैन । प्रचारप्रसारको व्यवस्था नहुनु, छुट्टै पुस्तकालय अभाव हुनु र आवश्यक सरकारी व्यवस्था नहुँदा पनि थप असर परेको कर्मचार्य बताउँछिन् ।
‘विद्यार्थीको बिदा परेको दिन नजिकैको शिक्षा मन्त्रालयमा जागिरे कर्मचारीले आफ्ना बालबालिकालाई पुस्तकालयमा छाड्ने गरेका छन्,’ उनले भनिन् ।
केशर पुस्तकालय स्थापनाको सय वर्षको अवसरमा चार वर्षअघि स्थापित बाल शाखामा पर्याप्त पुस्तकको अभाव पनि छ, जसले गर्दा पढ्न पनि समस्या छ । बेलाबेलामा बालबालिकाले माग गरेका पुस्तकहरू थपिएको पनि उनले सुनाइन् । ‘केशर पुस्तकालयमा सार्वजनिक दिनमा पनि बालशाखा खोल्ने प्रयास गरिरहेका छौं,’ उनी भन्छिन्, ‘बजेट अभाव र शिक्षा मन्त्रालयको स्वीकृती नहुँदा रोकिएका छौं ।’ यसका लागि मन्त्रालयसँग कुरा भइरहेको उनले बताइन् ।
विद्यार्थीहरू आउने उपयुक्त समय शनिबार र सार्वजनिक बिदाको दिन खुला गर्नेबारे राष्ट्रिय पुस्तकालयमा भने यसअघि प्रयास नगरेको होइन । ‘जिम्मेवारी आएको दुई वर्षसम्म म शनिबार पनि आएँ,’ चार वर्षदेखि बाल पुस्तकालयको जिम्मा लिएकी अधिकारी भन्छिन्, ‘म मात्रै आउन पनि नसक्दा यो काम बन्द भयो ।’
सरकारी बाल पुस्तकालयको अवस्था दयनीय रहेको राष्ट्रिय पुस्तकालय प्रमुख यादवचन्द्र निरौला पनि स्वीकार्छन् । राष्ट्रिय पुस्तकालय सहरको केन्द्रमा नरहेकाले पनि बालबालिकालाई आकर्षण गर्न नसकिएको उनी बताउँछन् ।
हरिहरभवनस्थित राष्ट्रिय पुस्तकालय अन्तर्गतको बाल शाखा । तस्बिर ज्ञान/नागरिक |